काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिकको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
चालु आर्थिकको तेस्रो त्रैमाससम्ममा संस्थाले ५ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । गत आवको सोहि अवधिको तुलनामा ७९.१८ प्रतिशतले कम हो । अघिल्लो वर्ष यही अवधिमा संस्थाले २८ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको थियो ।
समीक्षा अवधिसम्ममा संस्थाको सञ्चालन मुनाफा पनि ७८.७८ प्रतिशतले घटेर ८ करोड ८७ लाख रुपैयाँमा सिमित बनेको छ । गत वर्ष यही अवधिमा संस्थाले ४१ करोड ८२ लाख रुपैयाँ संचाँलन मुनाफा रहेको थियो ।
यसका साथै, संस्थाको खुद ब्याज आम्दानी पनि २६.४८ प्रतिशतले घटेर ६७ करोड ३१ लाख रुपैयाँमा सिमित बनेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ९१ करोड ५६ लाख रुपैयाँ रहेको थियो । यस अवधिमा निष्क्रिय कर्जा ४.२३ प्रतिशतबाट बढेर ७.९४ प्रतिशत पुगेको छ ।
संस्थाले ५ अर्ब ७० करोड रुपैयाँ सापटी लिई १२ अर्ब ७१ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले ६ अर्ब ८४ करोड रुपैयाँ सापटी लिई १४ अर्ब १३ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।
चुक्तापुँजी ९८ करोड २५ लाख रुपैयाँ रहेको संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ८.०१ रुपैयाँ रहेको छ । पीई रेसियो ६०.१६ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ २३५.८७ रुपैयाँ रहेको छ।