काठमाडौँ। तिहार पछिको दोस्रो कारोबारका दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ। अघिल्लो कारोबारमा प्रतितोला २८ सय रुपैयाँले घटेको सुनको मूल्य आज प्रतितोला ३ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँ कायम थियो । त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य १५ रुपैयाँले घट्दै प्रतितोला २ हजार १५ रुपैयाँ पुगेको छ ।