काठमाडौँ । तिहारको बिदा लगत्तै खुलेको बजारमा सुनचाँदीको मूल्यमा दैनिक रूपमा गिरावट आउन थालेको छ । आज नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट आएको हो। अघिल्लो दिन प्रतितोला ३ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने प्रतितोला ४ हजार रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख १ लाख ६४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन एक तोला सुनको मूल्य १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको मूल्यमा समेत भारी गिरावट आएको छ । चाँदीको मूल्य आज ५५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ। यद्यपि सुनको बजार सस्तिने पर्याप्त कारण नदेखिएकाले मूल्यमा घटबढ आए पनि बढ्न सक्ने प्रशस्त आधार भएको सुनचाँदी महासंघले जनाएको छ ।