काठमाडौँ । घरेलु बजारमा आज सुनको मूल्यमा फराकिलो अन्तरले गिरावट आएको छ । पछिल्लो केही महिना यता नेपाली बजारमा सुनको मूल्यमा दैनिक रूपमा वृद्धि हुँदै आएको थियो। दैनिक नयाँ कीर्तिमानी कायम गर्दै आएको सुनको मूल्यमा बिहीबार भने फराकिलो अन्तरले गिरावट आएको छ । उक्त दिन सुन प्रतितोला ४ हजार रुपैयाँले घटेर १ लाख ६४ हजार ५०० रुपैयाँ कायम भएको छ।

सुनको मूल्यमा एकै दिन भारी अकंको गिरावट आउनुको कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जीतको प्रभाव रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष अर्जुन रसाइलीले जानकारी दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जीतले विश्वभरि तरङ्ग फैलाइरहेको समयमा त्यसको प्रभाव घरेलु बजार अन्तर्गत सुनचाँदीको मूल्यमा पर्न गएको रसाइलीको भनाई छ ।

सुनको मूल्य घट्ने कुनै पनि आधार तय नभएको समयमा मूल्यमा एकाएक भारी अंकको गिरावट आउनुको कारण ट्रम्पको चुनावी जीत हुन हो यसैको प्रभावको कारण घरेलु बजारमा आज सुनचाँदीको मूल्य घटेको छ, आज मात्रै होइन यसको प्रभाव थप केही दिन देखिन्छ भन्ने मलाई लागेको छ । दुई चार दिनसम्म सामान्यतया मूल्यमा कमी नै आउँछ कि भन्ने हाम्रो आकलन हो तर दीर्घकालीन समाधानको विकल्प तय भएको छैन अन्ततः बजारले पछ्याउन आउन भनेको यहीँ बढ्दो र चर्को मूल्य नै हो । रसाइलीले आर्थिक भ्वाइसँग भने

ट्रम्प राष्ट्रपतीको उम्मेदवार हुँदै गर्दा २ वटा विषयमा खुलेर बोलेका थिए , हिन्दु अतिवाद माथि भएको दमनलाई रोक्ने र संसारमा भएको लडाई वा युक्तलाई रोक्नतर्फ मेरो ध्यानाकर्षण हुनेछ भनेर त्यसैको प्रभाव आज बजारमा देखिएको हो । त्यस बाहेक त केही कारण नै बनेको छैन यो तरङ्ग सामान्य होइन यसकारण उनको शपथग्रहणसम्म सुनको भाउमा गिरावट आउने आकलन गरिएको छ ।  अध्यक्ष रसाइलीले थप स्पष्ट पार्दै भने

अमेरिका र चीनको भूराजनीतिक सम्बन्ध, रुस–युक्रेन युद्ध, हमास–इजरायलको युद्ध जारी रहेको र सुनको मूल्य बढाउने अन्य थुप्रै कारण यथावत् रहँदा सुनको मूल्य दीर्घकालीन रूपमा घट्न सक्ने अवस्था नरहेको उनको भनाई छ ।

युद्ध बढ्दा, भूराजनीतिक तनाव बढ्दा विश्वका केन्द्रीय बैंक र ठूला लगानीकर्ताले समेत सुनमा लगानी बढाउने गर्दछन् ‘विश्वभर आर्थिक गतिविधिमा सुस्तता देखिएकाले औद्योगिक तथा अन्य उत्पादन क्षेत्रतर्फ लगानी जान सकेको छैन् त्यसकारण लगानी पनि सुनमै हुन थालेपछि मागसँगै मूल्य बढ्न गएको हो । यदि राष्ट्रपति ट्रम्पले यस्ता अन्तर्राष्ट्रिय युद्ध कम गर्नमा भूमिका खेले भने सुनको मूल्यमा पनि सोही अनुसार गिरावट आउने नत्र सुनचाँदीको मूल्यमा फेरि वृद्धि हुँदै जाने महासंघ अध्यक्ष रसाइलीको भनाई छ ।

सुनचाँदीको मूल्य कति यति समयमा यतिको बिन्दुमा पुग्छ भनेर आकलन गर्न सक्ने अवस्था देखिँदैन तथापि २०२२ मा गरेको अन्तर्राष्ट्रिय एनालाइसिस अनुसार २०२५ मा ३ हजार डलर पुग्छ भन्ने थियो । तर २०२४ मा नै त्यो १ लाख ४० हजार ४२ हजारको बिन्दुमा पुगेको थियो । त्यो उचाइमा निरन्तर बढेर २७ सय ४० को बिन्दुमा बढ्यो आज आएर त्यो २६ सय ५६ को बिन्दुमा झरेको छ । यसरी हेर्दा २०२५ सम्म तीन हजार नै पर्न जाने हो कि भन्ने अनुमान छ । यसरी तीन हजारको बिन्दुमा आयो भने २०२५ मा प्रतितोला २ लाख भन्दा बढी मूल्य पर्न जाने पक्कापक्की छ । रसाइलीले जानकारी दिए ।

सुनचाँदीको मूल्यमा दैनिक जसो बढोत्तरी आएको भएपनि घरेलु बजारमा हुने कारोबारमा भने वृद्धि हुन सकेको छैन । बजारमा कारोबार बढ्न नसक्नुको प्रमुख कारण चर्को मूल्यसँगै आर्थिक मन्दी पनि भएको अध्यक्ष रसाइलीको भनाई छ । नेपालीको आयस्रोतको स्तर भन्दा सुनको मूल्य धेरै माथि पुगेको कारण पनि अपेक्षा अनुसार कारोबार हुन नसकेको उनको भनाई छ । त्यो सँगै सुनचाँदीको व्यापारमा कमी आउनु पछाडिको अर्को कारण इन्डियासँगको खुला सिमाना भएको उनको दाबी छ । इन्डियामा सुनमा ६ प्रतिशत मात्रै भन्सार लगाइएको छ हाम्रो नेपालको हकमा २० प्रतिशत छ यसकारण हाम्रो उपभोक्ताले समेत इन्डियामा गएर सुनको कारोबार गर्ने गरेको पाइन्छ यस कारण पनि घरेलु बजारमा कारोबार बढ्न नसकेको हो कि भन्ने लाग्छ । अध्यक्ष रसाइलीले भने

घरेलु बजारमा दैनिक १५ किलो सुनको खपत हुने गरेको छ । तिहारको समयमा नेपाली बजारमा राम्रो परिमाणमा सुनको कारोबार भएको छ । तिहार सकिए लगत्तै नेपाली बजारमा विवाहको सिजन भित्रिन थालेको कारण सुनको खपत वा कारोबारमा सुधार आउने अपेक्षा बढेको उनी बताउँछन् । नेपाली बजारमा सुन खरिद गर्ने अधिकांश एनआरएन भएको उल्लेख गर्दै सरकारले सुनको आयातमा लगाएको करको विषयमा थप समीक्षा गर्न आवश्यक रहेको अध्यक्ष रसाइलीको भनाई छ ।