काठमाडौँ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएका छ । बैंकले संस्थापक शेयर धनी चन्द्र इन्भेष्टमेन्ट प्रा.लि.को नाममा रहेको २५ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

शेयर हाल बैंकका विद्यमान संस्थापक शेयर धनीले मात्रै खरिद गर्न पाउँछन् । शेयर खरिद गर्न इच्छुक शेयर धनीले आवश्यक पर्ने कागजात सहित ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

शेयरको बिक्री मूल्य प्रतिकित्ता न्यूनतम १२५ रुपैयाँ तोकिएको छ। साथै तोकिएको म्यादभित्र संस्थापकहरूबाट शेयर खरिदका लागि आवेदन नपरेमा सो शेयर सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।