काठमाडौँ । साताको दोस्रो कारोबारका दिन शेयर बजारमा उछाल आएको छ । लगानीकर्ताको मनोबल उच्च बन्दै जाँदा बजारमा हरियाली देखिन थालेको छ ।

आज नेप्से परिसूचक सँगै कारोबार रकममा समेत फराकिलो वृद्धि भएको छ । यस दिन  कारोबारमा आएको सुधारले लगानीकर्तालाई हौसाएको छ । साथै, नयाँ बुलको यात्रा तर्फ बजार मोडिएको सङ्केत गरेको छ । ।

बैंकको ब्याजदर निरन्तर घट्दो क्रममा रहेको, नीतिहरू समेत सुधार हुँदै गएको, बजारलाई आवश्यक सबै सूचक सकारात्मक रहेको हुँदा अब शेयर बजारले गति लिने विश्वास आम लगानीकर्ताहरूको रहेको छ । नियामक सकारात्मक रहेको र अर्थतन्त्र समेत सुधार तिर लम्की रहेको बेला बजारमा रौनक छाएको देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२.१४ अकंले बढेर २७६०.२१ बिन्दुमा कायम भएको छ। आज ३०२ कम्पनीको २ करोड ४५ लाख ५७ हजार १५३ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ३१ करोड ५२ लाख ७ हजार रुपैयाँको शेयर कारोबार भएको छ।

यस दिन बैंकिङ समूहको शेयर १.०४ प्रतिशत, इन्भेष्टमेन्ट समूहको १.२८ प्रतिशत, जीवन बीमा समूहको १.६६ प्रतिशत, माइक्रो फाइनान्स समूहको ३.२० प्रतिशतले मूल्य बढेको छ ।

उक्त दिन बजारमा वृद्धि आउँदा सपोर्ट माइक्रोफाइनान्स लघुवित्त, सामुदायिक लघुवित्त, गुराँस लघुवित्त, मानुषी लघुवित्त, श्रीजनशील लघुवित्त, सिवाइसी नेपाल लघुवित्त, माछापुच्छ्रे बैक, कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ ।