काठमाडौँ। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा सिंगटी हाइड्रो इनर्जी लिमिटेडले ११ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यो खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा भने ११३.०४ प्रतिशतले धेरै हो । गत वर्ष कम्पनीले ५ करोड २८ लाख रुपैयाँ नाफा कमाएको थियो । यस कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी २६ करोड ३२ लाख रुपैयाँबाट घटेर २६ करोड ३५ लाख कायम भएको छ ।

गत वर्षको तुलनामा विद्युत् बिक्री घटेको यस कम्पनीको वित्तीय खर्च १३ करोड ९० लाखबाट घटेर ७ करोड ९९ लाख कायम भएको छ । उक्त खर्च घट्दा नाफामा सुधार आएको छ ।

२ अर्ब ९० करोड रुपैयाँ चुक्ता पुँजी रहेको सिंगटीको सेयर प्रिमियममा २५ करोड ११ लाख रुपैयाँ जम्मा रहेको छ।कम्पनीको प्रतिसेयर आम्दानी ३.८८ रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ १०२.२१ रुपैयाँ रहेको छ।