काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले एक्स, टेस्ला र स्पेसएक्सका मालिक इलोन मस्कलाई आफ्नो सरकारको महत्त्वपूर्ण पदमा नियुक्ति सुरु गरेका छन् ।

ट्रम्पले इलोनलाई सरकारी दक्षता विभाग (डज) को प्रमुखमा नियुक्त गरेका हुन्। यो घोषणा गर्दै ट्रम्पले मस्कलाई ‘ग्रेट एलोन मस्क’ भनेका छन् । मस्कले संघीय एजेन्सीहरूको पुनर्संरचनाका साथै कर्मचारीतन्त्र, अप्रासङ्गिक नियम(कानुन र सरकारमा हुने अनावश्यक खर्च रोक्ने काम गर्नेछन्।

ट्रम्पले यसलाई ‘सेभ अमेरिका’ अभियानका लागि आवश्यक भएको बताएका छन् । यससँगै ट्रम्पले थप केही महत्त्वपूर्ण नियुक्तिलाई पनि अनुमोदन गरेका छन् । फ्लोरिडाका सांसद माइकल वाल्ट्ज अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लाहकार र सिनेटर मार्को रुबियोलाई विदेश मन्त्री बनाइने भएको छ । मस्कसँगै विवेक रामास्वामीलाई समेत सरकारी दक्षता विभाग ९डज० को प्रमुखको जिम्मेवारी दिएका छन् ।

 

नियुक्त गरेका हुन्।