काठमाडौँ। नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले मन्त्रालयको आदेश पछि अन्तर्राष्ट्रिय सेक्टरको भाडदारमा छुट दिने भएको छ ।  ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द भएपछि हवाई भाडा अत्यधिक बढेको भन्दै चौतर्फी रूपमा गुनासो बढेपछि भाडामा छुट दिइएको निगमले जनाएको छ ।

निगमले २५ सयदेखि अधिकतम ५ हजार रुपैयाँसम्म छुट दिने जनाएको छ । बिहीबार विज्ञप्ति जारी गर्दै निगमले भारतका नयाँ दिल्ली, मुम्बई र बैंगलोर, युनाइटेड अरब इमिरेट्स ९यूएई० को दुबई, साउदी अरबको दमाम, मलेसियाको क्वालालम्पुर, हङकङ, थाइल्यान्डको बैंकक र जापानको नारिता उडानमा छुट्दिने घोषणा गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई भाडादर घटाउन विशेष निर्देशन दिएपछि सबै सेक्टरमा भाडदारमा छुट दिन थालिएको निगमको भनाइ छ ।  दिल्ली, मुम्बई र बैंगलोरमा प्रतिटिकट २ हजार ५ सय तथा दोहा, दुबई, दमाम, क्वालालम्पुर, हङकङ, बैंकक र नारिताका लागि प्रतिटिकट ५ हजार रुपैयाँसम्म छुट दिइएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत १ देखि २२ नोभेम्बर २०२४ सम्म डाक्टरको रिपोर्ट र नेपाल क्यान्सर रिलिफ सोसाइटीको सिफारिसमा दिल्लीको दुईतर्फी उडानमा ३७ जना क्यान्सर रोगीलाई शतप्रतिशत र ती बिरामीका ३३ कुरुवालाई ५० प्रतिशत छुटमा टिकट उपलब्ध गराइएको निगमले जनाएको छ ।