काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ । शनिबार राति साढे ११ बजेतिर तीन नम्बर पुल नजिक ढुंगासहित खसेको पहिरोका कारण सडक पुनः अवरुद्ध भएको हो ।

अहिले पहिरो पन्छाइरहेको मुग्लिनस्थित प्रहरी कार्यालयले जनाएकाे छ । राति १० बजेदेखि पहिरो खस्न सुरु गरेको थियो । ठूलाे पहिरो खसेकाले पहिरो पन्छाउन टाइम लाग्ने प्रहरीले जनाएको छ ।

नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोला पुल बनाउनका लागि अनक कन्स्ट्रक्सनले भित्ता काट्न कठिन भएको भनेको ठाउँबाट निरन्तर पहिरो झरिरहेको छ ।

लगातार २७ घण्टा अवरुद्ध भएको सडक शनिबार साँझ ५ बजेदेखि सञ्चालनमा आएको थियो । तर राति साढे ११ बजे खसेको पहिरोले दुईतर्फी नै सडक पुनः अवरुद्ध भएको छ ।

पहिराेले सडक अवरूद्द भएपछि सडकमा सवारी साधनहरूको लामो लाइन लागेको छ ।