काठमाडौँ। प्रहरीले २ किलो सुनसहित एक युवकलाई पक्राउ गरेको छ। रसुवाको कालिकाबाट उक्त युवकलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा गोसाईंकुण्ड गाउँपालिका–३ घर भएका ३४ वर्षीय कर्मा सोनाम लामा छन् । लामाको साथबाट प्रहरीले २ किलो सुन जस्तो देखिने पहेँलो धातु बरामद गरेको छ ।

बागमती प्रदेश–०२–०४३ प २४३४ नम्बरको मोटरसाइकलमा सवार उनी कालिका स्थानतर्फ जाँदै गरेको अवस्थामा पक्राउ परेका हुन् । जुत्ता भित्र लुकाएर ल्याएको अवस्थामा बरामद धातुसहित उनलाई भन्सार कार्यालय टिमुरे पठाइएको प्रहरीले जानकारी दिएको छ ।