काठमाडौं । चीनले फ्रान्स, जर्मनी लगायत २९ वटा देशका लागि एकपक्षीय भिसा–मुक्त नीति लागू गरेको जनाएको छ ।
चीनका विदेश मन्त्रालयका अधिकारीले अन्तर्राष्ट्रिय यात्रालाई बढावा दिने प्रयास स्वरुप यस्तो नीति लिएको जनाएका छन् ।
मन्त्रालयको कन्सुलर विभागका एक अधिकारीले चीनले २५ वटा देशहरुसँग पूर्ण भिसा छुट प्राप्त गरेका जनाएका छन् ।
मन्त्रालयले सन् २०२३ डिसेम्बर–१ देखि फ्रान्स, जर्मनी, इटाली, नेदरल्यान्ड्स, स्पेन र मलेसियाका साधारण पासपोर्ट धारीको लागि एकपक्षीय भिसा–मुक्त प्रवेश परीक्षणको घोषणा गरेको हो ।
यस नीति अन्तर्गत योग्य व्यक्तिहरुले व्यापार, पर्यटन, पारिवारिक भ्रमणलगायतका लागि १५ दिनसम्म चीनमा रहन सक्ने बताइएको छ ।
चीनले आफ्ना दूतावासमा भिसा आवेदन अघि अपोइन्टमेन्टको आवश्यकतालाई रद्द गर्दै फिंगरप्रिन्ट संकलनको छुट विस्तार गरी भिसा शुल्क २५ प्रतिशतले कम भएको चीनियाँ बिदेश मन्त्रालयले जनाएको छ ।
सन् २०२४ को तेस्रो त्रैमासिकमा, चीनमा विदेशीद्वारा गरिएको ८.१९ मिलियन यात्राहरु रेकर्ड गरेको छ ।
जुन गत वर्षको समान अवधिको तुलनामा ४८.८ प्रतिशतले बढी हो । अधिकारीका अनुसार तीमध्ये ४.८९ मिलियन भिसा–मुक्त व्यवस्था मार्फत आएका थिए ।
मन्त्रालयले विशेष गरी व्यापारिक गतिविधिमा संलग्न व्यक्तिहरुका लागि सीमापार यात्रालाई सहज बनाउन भिसा–मुक्त प्रवेश नीतिलाई परिष्कृत गरी जारी राख्ने पनि चीनिया विदेश मन्त्रालले जनाएको छ ।








