काठमाडौँ । यस साता सुनको भाउ तोलामा ५ हजार ४०० रुपैयाँले बढेको छ । गत साताको अन्तिम दिन शुक्रवार प्रतितोला १ लाख ६० हजार १०० रुपैयाँ रहेको छापावाला सुनको भाउ यस साताको शुक्रवारसम्ममा १ लाख ६५ हजार ५०० रुपैयाँमा पुगेको हो।

यस साता ६ दिन नै सुनको भाउ बढेको छ। अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्यमा निरन्तर वृद्धि भएको छ । यस साता चाँदीको भाउ समेत तोलामा ३० रुपैयाँले बढेको छ। अघिल्लो साता प्रतितोला १ हजार ९१० रुपैयाँ रहेको चाँदीको भाउ बढेर प्रतितोला १ हजार ९४० रुपैयाँ पुगेको छ।
सुनको मूल्य बढ्नुका कारण अन्तर्राष्ट्रिय बजारमा नै मूल्य वृद्धि हुनु, बैंकहरुको ब्याजदरले पनि भूमिका खेलेको र अन्तर्राष्ट्रिय द्वन्द्व बढेकाले हो भनी विश्लेषकहरूको भनाई रहेको छ ।









