नेपालकै पहिलो केवुलकार, मनकामना केवुलकार सेवा सुभारम्भको २६ औं वर्ष पुरा गरी २७ औं वर्षमा प्रवेश गरेको छ।
कम्पनीले आज एक कार्यक्रम गर्दै २६ औं वार्षिकोत्सवको उपलक्ष्यमा नेपालकै केवुलकारका स्रष्टा स्व। लक्ष्मण बाबु श्रेष्ठलाई सम्झदै उनको साहसिक एवं ऐतिहासिक कार्यलाई स्मरण गर्दै हार्दिक श्रद्धाञ्जलि अर्पण व्यक्त गरेको छ।
केवुलकार संचालनमा आएपछि प्रसिद्ध तीर्थस्थल मनकामना साथै यस वरिपरीका क्षेत्र भारत लगायत विश्वभरमा नै एक प्रमुख गन्तब्यका रूपमा स्थापित भैसकेको छ । २६ वर्ष पुगिसकेको यो Analogue प्रविधिको मर्मत सम्भार गर्नुका साथै स्पेयर पार्टस् समेत पाउन कठिनाई हुने स्थितिलाई मध्यनजर गर्दै कम्पनीले यस प्रविधिलाई हालकै नवीनतम् Digital िप्रणालीमा स्तरोन्नति गरिएको छ ।
साथै मनकामनामा केवुलकार हाताभित्र नै सुविधा सम्पन्न रिसोर्टको निर्माणको अन्तिम चरणमा पुगेको छ । यो रिसोर्टमा स्वीमिङ्ग पुल, हेल्थ क्लब, सभा सेमिनार हल र रेष्टुरेन्टको सुविधा हुनेछ । रिसोर्ट संचालन आएपछि मनकामना र वरिपरिका क्षेत्रलाई धार्मिक साथै अन्य पर्यटकीय महत्वका साथ गन्तब्य बनाउने हाम्रो लक्ष्य रहने कम्पनीले जनाएको छ । संचालनमा आएपछि मनकामनामा शुरूवाती वर्षमा १० लाख यात्रुहरूलाई सेवा दिएकोमा यो क्रमशः बढ्दै गएको छ र हाल वार्षिक १२ लाख यात्रुलाई सेवा दिदैं आएका जनाएको छ । कम्पनीले यस वर्ष १३ लाख ५० हजार यात्रुलाई सेवा दिने लक्ष्य लिइएको छ ।
स्व। लक्ष्मण बाबु श्रेष्ठकै पालादेखि उनको पुण्य नीति अनुसार शुरूदेखि नै सामाजिक व्यवसायिक उत्तरदायी (CSR) नीति अगाल्दै आएको छ । यस अन्तर्गत मनकामना र आसपासका क्षेत्रमा विकास, स्वास्थ्य, शिक्षा तथा विपन्न वर्ग जातिहरूलाई सहयोग गर्दै आएको छ । बिनाशकारी गोरखा भुकम्पमा समेत यस संस्थाले सहयोग गरेको छ । ऋक्च् नीति अनुसार नै केवुलकार टिकट आम्दानीको कुल रकमको १ प्रतिशत/१ प्रतिशत का दरले कुल २ प्रतिशत रकम शहिद लखन गाउँपालिका गोरखा र ईच्छाकामना गाउँपालिका चितवनलाई विकास निर्माण, शिक्षा, स्वास्थ्य, संस्कृति सम्पदा जगेर्ना, विपन्न वर्गको हित तथा दैवी प्रकोपको लागि भनी वर्षेनी सहयोग गर्दै आएको छ ।
कम्पनीले आजको दिनसम्म यहाँ सम्म ल्याई पु¥याउन मद्दत गर्नु हुने सम्पुर्ण यात्रुजनहरू, शहिद लखन गाउँपालिका तथा ईच्छाकामना गाउँपालिका तथा दुवै गाउँपालिकाका हाम्रा सहयोगी मित्रहरू, स्थानीय प्रशासनहरू, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका साथ अन्य सरकारी निकायहरू र हामीलाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नु हुने सम्पुर्णमा हार्दिक कृतज्ञता एवं आभार प्रकट गरेको छ ।
यहाँसम्म ल्याई पु¥याउँदा कम्पनीका सबै तहका कर्मठ कर्मचारी मित्रहरूको लगनशिलता तथा योगदानलाई उच्च कदर गर्दै सबैमा धन्यवाद ज्ञापन गरेको छ।








