काठमाडौँ । यस साताको पहिलो कारोबारका दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १०.०८ अंकले बढेर बन्द भएको छ।
अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार ३१.३१ अंक घटेर २६८०.४४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १०.०८ अंक बढेर २६९०.५२ विन्दुमा पुगेको छ।
उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स भने २.३५ अंक बढेको छ। आइतबार प्रि ओपन सेसनमा ६५ स्टकको ११८ पटकको कारोबारमा ४९ लाख ९२ हजार १९२ रुपैयाँ बराबरको ८ हजार ९४ कित्ता शेयर खरिदबिक्री भएको छ।








