काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको २०८१ साल मंसिर ७ गते बसेको सञ्चालक समितिको ४६९ औँ बैठकले प्रमेश राज कायस्थलाई मंसिर ९ गतेदेखि लागू हुने गरी कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको छ ।

करिब १४ वर्षदेखि बैंकिंग क्षेत्रमा कार्यकुशलता प्रदर्शन गर्दै आएका प्रमेश राज कायस्थ हाल बैंकको प्रमुख वित्त अधिकृतको रूपमा कार्यरत छन् । वित्त व्यवस्थापन, रणनीतिक योजना तथा धितोपत्र बजार सम्बन्धी विषयमा उनको दक्षता रहेको छ । हाल उनी बैंकको सहायक कम्पनी सिटिजन्स क्यापिटल लिमिटेडको सञ्चालक समेत रहेका छन् ।

डिजिटल बैंकिंङ्गलाइ उच्च प्राथमिकतामा राख्दै सिटिजन्स बैंकले हालसालै फोनपे सँगको सहकार्यमा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सिटिजन्स फोनपे क्रेडिट कार्डु सार्वजनिक गरेको छ । भौतिक कार्डको आवश्यकता नपर्ने र रु २,५०,००० सम्मको क्रेडिट सीमा उपभोग गर्न पाउने यो कार्ड मार्फत ग्राहकहरूले त्तच् कोड स्क्यान गरेर किनमेल गर्न, नेपाल भित्र अनलाइन खरिदहरू गर्न प्रयोग गर्न सक्नेछन् ।

भर्चुअल क्रेडिट कार्ड एक पूर्ण डिजिटल रूपमा सञ्चालित क्रेडिट कार्ड हो र ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एप्लिकेशन मार्फत नै यो कार्ड प्राप्त गर्न तथा आफ्नो कारोबार गर्न सक्दछन् । साथै बैंकले ग्राहकहरुको स्वास्थ्य र सुविधा लाई मध्यनजर गर्दै नयाँ बचत योजना ुहेल्थ एण्ड वेल्थ बचत खाताु को पनि सुरुवात
गरेको छ ।

बचतकर्तालाई प्रतिफल स्वरूप उच्च ब्याजदर साथसाथै स्वास्थ्य जाँच गरी आफ्नो स्वास्थ्यबारे सजग रहन प्रेरित गर्ने अभिप्रायका साथ बैंकले यो योजना ग्राहकमाझ ल्याएको हो । यस योजना अन्तर्गत खाता खोल्दा ग्राहकले वर्षको एक पटक निःशुल्क होलबडी चेकअपसँगै पाँच पटक स्किनसम्बन्धी कन्सलटेसन, दुई पटक दाँत र एक पटक आँखासम्बन्धी कन्सलटेसन गर्न पाउनेछन् ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशै भरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग इकाईहरूबाट १८ लाख भन्दा बढी ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ ।