काठमाडौं । काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह (बालेन) महानगरको विश्व संघमा बोर्ड सदस्य नियुक्त भएका छन् । महानगरपालिका प्रमुख शाह प्रमुख महानगरको विश्व संघमा बोर्ड सदस्यका रुपमा नियुक्त भएका हुन् ।

शाह सन् २०२४ देखि सन् २०२६ सम्मका लागि संघको बोर्ड सदस्यका रुपमा नियुक्त भएकाे मेयर शाह को सचिवालय स्रोतले जनाएकाे छ ।

प्रमुख महानगरको विश्व संघ सन् १९८४ बाट स्थापना भएको हो । यो संघले महानगरहरुको सामूहिक आवाज उठाउने र विश्वव्यापी सहयोग, संवादलगायत आदनप्रदान गर्ने काम गर्छ ।