काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षका लागि सिफारिस समितिले तीनजनाको नाम सिफारिस गरेको छ ।
सिफारिस समितिका एक सदस्यका अनुसार आइतबार बिहान अन्तर्वार्ता र प्रस्तुतिकरण दिएका दुईजनासहित कुल ४ जनामध्येबाट ३ जनाको नाम सरकारलाई सिफारिस गरिएको हो ।

समितिले धितोपत्र बोर्डको अध्यक्षका लागि सन्तोषनारायण श्रेष्ठ, मुक्ति श्रेष्ठ र डा. नवराज अधिकारीको नाम सिफारिस गरेको हो।

काँग्रेस कार्यकर्तालाई धितोपत्र बोर्डको अध्यक्ष बनाउन केपी ओलीको मरिहत्ते

आइतबार अन्तर्वार्ताका लागि गएका नेप्सेका प्रमुख कार्यकारी अधिकृत समेत रहेका कृष्णबहादुर कार्कीको नाम भने समितिले समावेश गरेन ।

सन्तोष नारायण श्रेष्ठलाई सेबोन अध्यक्ष नबनाए बजेट फेल गर्ने केपि ओलिको चेतावनी

सिफारिसमा परेका तीन नाममध्ये मुक्ति र सन्तोषनारायणले अघिल्लो सरकारको पालाकै सिफारिस समिति समक्ष प्रस्तुतीकरण र अन्तर्वार्ता दिइसकेका थिए । त्यसबेला अन्तर्वार्ता दिन नगएका कार्की र डा. अधिकारीले भने आइतबार दिएका थिए ।

सेवोनको अध्यक्ष नियुक्तिमा राजनीतिक हस्तक्षेपको दृश्य, कसलाई चाहन्छन् ओली ?