काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्यमा चमत्कारिक गिरावट आएको छ । अघिल्लो दिन प्रतितोला १७ सय रुपैयाँले बढेको सुनको मूल्य आज भारी अंकले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १५ हजार ९सय रुपैयाँले घटेको छ। यो आजसम्मकै उच्च गिरावट हो । सरकारले सुनको साबिकको भन्सार दर २० प्रतिशतलाई घटाएर १० प्रतिशतमा झारेसँगै आज सुनचाँदीको मूल्यमा भारी गिरावट आएको हो ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य १०० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८६० रुपैयाँ कायम भएको छ ।








