काठमाडौँ । साताको दोस्रो कारोबारका दिन शेयर बजारमा सुधार आएको छ । अघिल्लो दिन ओरालो लागेको शेयर बजार आज दोहोरो अंकले बढेको हो । धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रियाको अन्तिम चरणको समयमा शेयर बजारमा सुधार आएको हो ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.८३ अकंले बढेर २६८३.२४ बिन्दुमा कायम भएको छ। आज ३०९ कम्पनीको १ करोड २२ लाख ६३ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३४ करोडको कारोबार भएको हो ।

मौद्रिक नीतिको पहिलो समिक्षा कुरिरहेका लगानीकर्तालाई आजको हरियालीले सुधारको संकेत गरेको हो । बैंकको ब्याजदर समेत निरन्तर घट्दो क्रममा रहेको र नियामक निकायहरू समेत शेयर बजारलाई दिएर सकारात्मक नै रहेको देखिएको छ ।

(आज) सोमबार ११ उपसूचकमा हरियाली देखिएको हो। आज बैंकिङ समूहको ०.११ प्रतिशत, विकास बैंक समूहको १.२१ प्रतिशत, फाइनान्स समूहको २.२७ प्रतिशत, होटल तथा पर्यटन समूहको १.२४ प्रतिशतले शेयर मूल्य बढेको छ ।

बजारमा सुधार आउँदा बेष्ट फाइनान्सको सेयर मूल्य सर्वाधिक बढेको छ । कम्पनीको सेयर मूल्य ९.९१ प्रतिशतले बढेको छ । त्यसैगरी सुपर मादी हाइड्रोपावरको ९.९१ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको ९.८५ प्रतिशत, स्वाभिमान लघुवित्तको ९.७८ प्रतिशतले सेयर मूल्य बढेको छ ।