काठमाडौँ । साताको दोस्रो कारोबारका दिन शेयर बजारमा सुधार आएको छ । आज नेपाल स्टक एक्सचेन्ज ९नेप्से० १५.८३ अकंले बढेर २६८३.२४ बिन्दुमा कायम भएको छ।

आज ३०९ कम्पनीको १ करोड २२ लाख ६३ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३४ करोडको कारोबार भएको हो । उक्त दिन सबैभन्दा बढी शतप्रतिशत हकप्रद सेयर बिक्रीको तयारीमा रहेको ङादी ग्रुप पावरको सेयर सर्वाधिक कारोबार भएको छ।

आज कम्पनीको ५४ करोड ७ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको हो । त्यस्तै, बेष्ट फाइनान्सको २५ करोड २९ लाख ६७ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। नेपाल फाइनान्सको २० करोड ३१ लाख ७ हजार रुपैंया र एनआरएन इन्फ्रास्ट्रक्चरको १५ करोड ६४ लाख ६५ हजार रुपैयाँ कारोबार भएको हो ।