काठमाडौँ । सरकारलाई बढी कर बुझाउने सिटी एक्सप्रेस मनी टान्सफरलाई मध्यमस्तरिय करदाता कार्यालयले सम्मान गरेको छ ।
गत हप्ता मध्यमस्तरिय करदाता कार्यालयमा आयोजित करदातासँगको अन्तरक्रिया कार्यक्रममा प्रमुख कर प्रशासक पार्वती शर्माले सिटी एक्सप्रेसका अध्यक्ष चन्द्र टण्डनलाई सम्मानित गरेकी थिइन् ।
सम्मानका क्रममा कार्यालयको तर्फबाटबाट बधाई तथा शुभकामना दिँदै शर्माले अन्य सम्पूर्ण करदाताले समेत सिटी एक्सप्रेस जस्तै समयमा कर तिर्ने करदाताको पहिचान बनाउन सबैलाई आग्रह गरिन् ।
सो कार्यक्रममा कर दातालाई कर इमानदार भएर तिरिँदिन कार्यालयको तर्फबाट अनुरोध गर्दै कर शिक्षा,बक्यौता असुली र आर्थिक ऐन २०८१ ले दिएका सुविधा बारे छलफल भएको थियो। सिटी एक्सप्रेसका अध्यक्ष चन्द्र टण्डनले कर तिर्नु करदाताको दायित्व मात्र नभएर कर्तब्य पनि भएको र सबै जनाले पारदर्शी रूपमा कर तिरी समृद्ध नेपाल बनाउन सहयोग गर्नको लागी सम्पूर्ण व्यक्तिहरूलाई अनुरोध पनि गरे ।
साथै, उनले मध्यमस्तरिय करदाता कार्यालयले व्यवसायीमैत्री सम्बन्धमा साथ काम गरेकोमा धन्यवाद समेत दिए । मध्यमस्तरिय करदाता कार्यालयमा सिटी एक्सप्रेस, रेमिट्यान्स कम्पनीहरू मध्ये सबैभन्दा बढी कर बुझाएपछि उत्कृष्ट करदाताको रूपमा सम्मानित भएको हो ।
आर्थिक वर्ष २०७९/८० को आय विवरण अनुसार रेमिट्यान्स तथा मनी ट्रान्सफरको कारोबार गर्ने मध्ये सिटी एक्सप्रेस धेरै कर तिर्ने कम्पनी बनेको छ । कम्पनीलाई मंसिर १ गते शनिवार राष्ट्रिय कर दिवस–२०८१ को अवसरमा आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिर्ने कम्पनीका रूपमा सम्मान गरेको थियो ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले १८ वर्षदेखि संसारभरबाट नेपालमा पैसा भित्र्याउन रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको छ। हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेटमार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ ।








