काठमाडौँ । सहकारी ठगीको अभियोगमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भोलि काठमाडौँ ल्याइने भएको छ।
पोखरमा बयान सकिएसँगै उनलाई काठमाडौँ ल्याउन लागिएको हो। उनलाई काठमाडौँ ल्याउन बुद्ध एयरको भोलि बिहान साढे आठ बजेको टिकट बुकिङ समेत गरिएको छ।
कास्की जिल्ला अदालतले आइतबार थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि उनलाई काठमाडौँ ल्याउन लागिएको हो। काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अनुसन्धानका लागि उनको बयान लिइनेछ। बयान गराएर फेरि पोखरामै फर्काइने छ।








