काठमाडौँ । बैंकिङ प्रणालीमा निरन्तर रुपमा अधिक तरलता बढेपछि त्यसको व्यवस्थापनको निमित्त नेपाल राष्ट्र बैंकले आज १०० अर्ब रुपैयाँ खिच्ने भएको छ ।
केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालीन उपकरण निक्षेप संकलनमार्फत बजारबाट १०० अर्ब रुपैयाँ खिच्न लागेको हो । अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह २ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् ।
बैंकले २१ दिनका लागि उक्त रकम झिक्न लागेको सूचनामा उल्लेख छ। जसको साँवा तथा ब्याज भुक्तानी पुस ३ गते हुनेछ। निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्ने बैंकले जनाएको छ।








