काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले निजी बैंकहरुलाई आफ्नो मातहतमा ल्याउन सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा ‘मुलुकी संहितासम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफलमा बाेल्दै उनले यस्ताे बताएका हुन् ।
उनले निजी बैंकहरुलाई राज्यले आफ्नो मातहत ल्याउनुपर्ने बताए । उनले भने, ‘निजी बैंक भनेको नाफाको लागि खोलिएको हुन्छ । उसले मिटरव्याज पीडितलाई दुःख भयोकि भनेर ऋण दिँदैन । त्यसकारण निजी बैंक सामाजिकीकरण गर्ने, राज्यले लिने अनि जिम्मेवारी पनि लिनु पर्दछ ।’
सुवालले निजी बैंक नाफाका लागि मात्रै खोलिएको र त्यसले मिटरव्याज पीडितको पीडालाई सम्बोधन गर्न नसक्ने भन्दै त्यस्ता बैंकहरुलाई राज्यको मातहत ल्याउनुपर्ने बताए ।