काठमाडौँ । नेपाली बजारमा लगातार दुई दिन घटेको सुनको मूल्यमा आज ब्रेक भएको छ । सोमबार झण्डै १६ हजारले बढेको सुन हिजो मंगलबार २ हजार ६ सयले घटेको थियो।
आज भने घरेलु बजारमा सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँ कायम भएको छ।
अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८३० रुपैयाँ कायम भएको छ ।
नेपालको भन्सार दरमा भएको हेरफेरले अन्तर्राष्ट्रिय बजारमा कुनै प्रभाव नपर्ने भएको कारण सुनको दैनिक मूल्यमा भने गिरावट आउने धेरै आधार नभएको महासंघको भनाई छ ।