काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से सूचक ५३.७० अंकले घटेको छ । नेप्से परिसूचक ५३.७० अंकले घटेर २०९७.२९ को विन्दुमा कायम भएको छ ।

आज नेप्सेमा सूचीकृत २८६ कम्पनीहरुको एक करोड १३ लाख २३ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ८ करोड १९ लाख ७६ हजारको कारोबार भएको छ ।

आज सर्वाधिक धेरै हिमालयन लाइफको कारोबार भएको छ । कम्पनीको ४२ करोड ५६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

त्यस्तै आज सिर्जनशिल लघुवित्तको शेयर मूल्य सर्वाधिक घटेको छ । कम्पनीको शेयरमूल्य ९.३२ प्रतिशतले घटेर ११२९ रुपैयाँमा कारोबार भएको छ ।

आज सम्पुर्ण सूचक तथा उपसूचकमा गिरावट देखिएको छ । २०७ वटा कम्पनीको शेयर मूल्यमा गिरावट हुँदा १८ वटा कम्पनीको शेयर मूल्यमा भने सुधार देखिएको छ ।

त्यस्तै विपिडब्लु लघुवित्त र सिटी होटलको शेयर मूल्यमा सकारात्मक सर्किट लागेका छन् ।

त्यस्तै, आज एनसीसी डिभेन्चर, लक्षी इक्युटी फण्ड, लक्ष्मी उन्नती कोष लगायत अन्य कम्पनीहरुको शेयरमूल्यमा गिरावट आएको छ ।