काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले महसुल नतिर्ने उद्योगको बैंक खाता रोक्का गर्न पत्रचार गरेका छन् ।

घिसिङले महसुल तिर्न बाकी रहेको ३४ वटा उद्योगको बैंक खाता रोक्का रोक्का गर्नका लागि राष्ट्र बैंकलाई पत्राचार गरेका हुन् । प्राधिकरण सञ्चालक समिति र विद्युत् नियमन आयोगले लाइन नकाट्न निर्देशन दिएपछि घिसिङले महसुल उठाउने वैकल्पिक उपाय अपनाएका देखिएको छ ।

उनले ३४ उद्योगको नाम र तिर्नुपर्ने बक्यौताको रकम लेखेर नेपाल राष्ट्र बैंकलाई खाता रोक्का गर्न पत्राचार गरेका हुन् ।