काठमाडौँ । आज मंसिर १३ गते बिहीबारका दिन नेप्सेमा सूचीकृत २ लघुवित्त कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । यसदिन सपोर्ट लघुवित्त र फरवार्ड लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।
लाभांश वितरणको लागि यी दुवै कम्पनीले मंसिर १४ गते शुक्रवार बुक क्लोज गर्दै छन् । तसर्थ, आजसम्म कायम शेयर धनीले यी २ कम्पनीले घोषणा गरेको लाभांश हात पार्न सक्नेछन् ।
सपोर्ट लघुवित्तले गत वर्षको नाफाबाट लगानीकर्तालाई १३.७७ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७२ प्रतिशत नगद लाभांश वितरण गर्दै छ । कम्पनीको वार्षिक साधारण सभा पुस ६ गते बस्दैछ ।
त्यस्तै, फरवार्ड लघुवित्तले गत वर्षको नाफाबाट लगानीकर्तालाई १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्दै छ । कम्पनीले मंसिर २८ गते वार्षिक साधारण सभा डाकेको छ ।