काठमाडौँ। प्रभु केबलकार एण्ड टुरिजम लिमिटेडले शतप्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ।

आगामी मंसिर २९ गतेदेखि कम्पनीले शतप्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले निष्कासन गर्ने रु १०० अंकित दरका ७० लाख कित्ता हकप्रदमा माघ ४ गतेसम्म खरिद आवेदन दिन सकिनेछ ।

त्यसका लागि काठमाडौँ तीनकुनेमा रहेको कम्पनीको कार्यालयमा दरखास्त बुझाउनु पर्नेछ । साथै कम्पनीले ३० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने योजना बनाएको छ । यसका लागि कम्पनीले कुमारी क्यापिटल लाई आईपीओ निष्काशन गर्न बिक्री प्रबन्धक नियुक्त समेत गरिसकेको छ।