काठमाडौं। १० वर्ष अगाडि शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सेयर खरिद गर्ने लगानीकर्ताले अहिलेसम्म ५ गुणा बढी रिटर्न पाएका छन् । यो दीर्घकालिन लगानी गर्दा उचित प्रतिफल दिने कम्पनी बनेको छ । १० वर्ष अगाडि १ लाख लगानी गर्नेको हालसम्मको सम्पति ६ लाख १६ हजार भन्द धेरै पुगेको छ ।

सन् २०१४ को नोभेम्बर २७ मा १ लाख रुपैयाँमा शाइनको ३०० कित्ता सेयर खरिद गर्न सकिन्थ्यो । अहिले बोनस सेयरसहित १ हजार २८२ कित्ता पुगेको छ । यो कम्पनीलाई फन्डामेन्ट कम्पनीको रुपमा उदाहरण दिन सकिन्छ ।

शाइनले गत वर्षको नाफाबाट सेयरधनीलाई ८ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले ३ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभाश घोषणा गरेको हो । यस बैंकले यस्तो प्रतिकुल अवस्थामा पनि सेयरधनीलाई लाभांश दिएको छ ।

बैंकहरुको खराब कर्जा अत्याधिक बढ्दा इम्पेयरमेन्ट चार्ज पनि बढेको छ । जसकारणले यिनीहरुको नाफामा दबाब परेको देख्न सकिन्छ । त्यसैले धेरै बैंकहरुले लाभांश वितरण गर्न सकेका छैनन् । तर, शाइनले भने २०६९-७० यता, हरेक वर्ष लाभांश दिन सफल भएको छ ।

बैंकले आफ्नो व्यापार पनि आक्रामक ढंगले बढाएको छ । रिपोर्ट अनुसार २०७७-७८ मा ३५ अर्ब ४१ करोड रुपैयाँ निक्षेप संकलन गरेको यस बैंकले चालु आवको पहिलो त्रैमाससम्म ६६ अर्ब ७१ करोड डिपोजिट संकलन गरेको छ । कर्जा परिचालन पनि २९ अर्ब १६ करोडबाट बढेर ५३ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ ।

८० भन्दा धेरै शाखा सञ्जाल भएको शाइनको चुक्ता पुँजी ४ अर्ब ७३ करोड ३६ लाख रुपैयाँ भन्दा धेरै देखिएको छ । बोनस वितरण पनि शाइनको पुँजी थप बढ्ने छ ।

पुँजीका हिसाबले शाइन विकास बैंकमध्ये तेस्रो ठूलो बैंक हो । नाफा गर्नेमा बैंक दोस्रो स्थानमा रहेको छ । यस कम्पनीले चालु आवको पहिलो त्रैमासमा २३ करोड ९३ लाख कमाएको छ । गत वर्षको असारसम्ममा ६९ करोड ९४ लाख नाफा आर्जन गरेको थियो ।

बैंकको चुक्ता पुँजी, जगेडा कोष र रिटेन्ड अर्निङ ?

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको चुक्ता पुँजी ४ अर्ब ७३ करोड रुपैयाँ भन्दा धेरै छ । २०७७-७८ मा ३ अर्ब ४० करोड देखिएको यस बैंकको पुँजी साढे ४ अर्ब भन्दा धेरै पुगेको हो । रिटेन्ड अर्निङ पनि बैंकको २०७७-७८ को जस्तै देखिएको छ । बैंकले आफ्नो जगेडा कोषनिकै बलियो बनाएको छ । ९९ करोड ५७ लाखरहेको जगेडा कोषमा अहिले २ अर्ब २ करोड रुपैयाँ जम्मा देखिएको छ । पछिल्लो ४ वर्षमा बैंकको जगेडा कोष १ अर्ब भन्दा धेरैले बढेको छ ।

बैंकको डिपोजिट र लोन कति ?

शाइनको निक्षेप संकलन ह्वातै बढेको छ । २०७७-७८ मा ३५ अर्ब ४१ करोड रहेको डिपोजि अहिले बढेर ६६ करोड ७१ लाख पुगेको छ । त्यसैगरी, कर्जा परिचालन पनि २९ अर्ब १६ करोडबाट बढेर ५३ अर्ब ७३ करोड रुपैयाँ कायम भएको छ । बैंकले व्यापार विस्तार गर्दा लगानी बढाएको छ । यसले बैंकले आगामी दिनमा झनै व्यापार बढाउने सम्भावन अघिक छ ।

खुद ब्याज आम्दानी १ अर्ब ३३ करोडबाट २ अर्ब २४ करोड पुग्यो, नाफा कति ?

शाइनको खुद ब्याज आम्दानी २०७७-७८ मा १ अर्ब ३३ करोड थियो । २०८०-८१ सम्म आइपुग्दा साढे २ अर्ब पुगेको छ । रिपोर्ट हेर्दा बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ ।

त्यसैगरी, खुद नाफा पनि ५० करोड ३७ लाखबाट बढेर ६९ करोड ७४ लाख पुगेको छ ।

बैंकको प्रतिसेयर आम्दानी र प्रतिसेयर नेटवर्थ

शाइनको प्रतिसेयर आम्दानी चालु आवको ३ महिनामा २०.२३ रुपैयाँ पुगेको छ । नाफा सँगै उक्त आम्दानीमा वृद्धि देखिएको हो । यता, बैंकको प्रतिसेयर नेटवर्थ  हरेक वर्ष बढेको छ । यसले कम्पनी थप मजबुत बन्दै गएको बुझ्न सकिन्छ ।