काठमाडौँ। लक्ष्मी सनराइज बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर १४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयर धनीहरुलाई लाभांश घोषणा गरेको हो।
बैठकले आर्थिक वर्ष २०८०/८१ का ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश गरी कुल ५.२६ प्रतिशत लाभांशको घोषणा गरेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात् आगामी वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिने बैंकले जनाएको छ ।








