काठमाडौँ । गत शुक्रवारका दिन प्रतितोला १६ सय रुपैयाँले बढेर बन्द भएको सुनको मूल्यमा आज साताको पहिलो कारोबारका दिन आइतबार घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । यससँगै आज सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ५ सय रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ ।

चाँदीको मूल्य ४५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८४० रुपैयाँ कायम भएको छ।भन्सारदर घटाएको कारण सुनको मूल्यमा कमी आएको भएपनी सुनको दैनिक मूल्यमा खासै घट्ने पर्याप्त आधार नभएको महासंघले जनाएको छ ।