काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले एक इन्टरनेट सेवा प्रदायक कम्पनीको अनुमति पत्र खारेज गरेको छ ।
प्राधिकरणले तोकिएको समयभित्र नवीकरण नगरेपछि नेट म्याक्स टेक्नोलोजिज प्रालिको अनुमति पत्र खारेज गरिदिएको हो। नेट म्याक्सले तोकिएको समयभित्र नवीकरणका लागि निवेदन नदिएकाले दूरसञ्चार ऐन, २०५३ अनुसार अनुमति पत्र खारेज गरेको प्राधिकरणले जनाएको छ ।
नेट म्याक्सले २०६६ असोज २९ देखि इमेलसहितको इन्टरनेट सेवाको अनुमति पाएको थियो । प्राधिकरणले नियमानुसार भुक्तानी गर्नुपर्ने रकम आगामी ३० दिनभित्र भुक्तानी गर्न पनि निर्देशन दिएको छ ।








