काठमाडौँ । आज सोमबार नेसनल लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम मौका रहेको छ । यस कम्पनीले लाभांश तथा सभा प्रयोजनार्थ मंसिर १८ गतेदेखी बुक क्लोज गर्दैछ ।
तसर्थ, आज मंसिर १७ गतेसम्म कायम शेयर धनीले कम्पनीले प्रस्ताव गरेको लाभांश र सभामा भाग लिन पाउनेछन् । गत वर्षको नाफाबाट यस कम्पनीले १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले मंसिर २४ गते वार्षिक साधारण सभा बोलाएको छ।
साथै, सभामा बोनस सेयर वितरण पश्चात् कायम पुँजीबाट ७ लाख ६५ हजार ३७७।६४ कित्ता थप सार्वजनिक निष्कासन ९एफपीओ० निष्कासन गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।
सभाले जारी तथा चुक्ता पुँजी वृद्धि गरी सोही बमोजिम प्रबन्ध पत्र तथा नियमावली संशोधन पनि गर्नेछ । सभामा आर्थिक वर्ष २०८०–८१ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।








