काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण आगामी सेप्टेम्बरमा हुने भएको छ । प्रधानमन्त्रीकाे चीन भ्रमण आगामी सेप्टेम्बरमा हुने परराष्ट्रमन्त्री एनपी साउदले जानकाररी दिएका हुन् ।
परराष्ट्रमन्त्री साउदले नेपाल प्रेस युनियन कैलालीको छैटौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्ने क्रममा प्रधानममन्त्री प्रचण्डको भ्रमण आगमी सेप्टेम्बरमा हुने तय भएको जानकारी दिए ।
साउदले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणले दुई उदाउँदा छिमेकी मुलुकबीचसँगको सम्बन्ध थप सुमधुर हुने बताए । ‘लाभ लिने सन्दर्भमा प्रधानमन्त्रीको आगमी सेप्टम्बरमा हुने चीन भ्रमण महत्वपूर्ण हुनेछ । सार्थक हुनेछ,’ उनले भने, ‘नेपाल असंलग्न परराष्ट्र नीतिमा हिँडेको छ, राष्ट्रको हितलाई केन्द्रमा राखेको छ । सैन्य गठबन्धनमा तटस्थ छ ।’
उनले नेपाल दुई ठूला छिमेकी मुलुकको बीचमा रहेकाले दुवैतिर सन्तुलित सम्बन्ध राखेर राष्ट्रको हितमा काम गर्न सरकार तयार रहेको बताए ।