काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खुला रूपमा फोहोर मैला जलाएमा कार्वाही गर्ने जनाएको छ ।

खुला रूपमा फोहोर मैला बालेर वायु प्रदूषण गर्ने जो कोहीलाई वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन तथा आर्थिक ऐन बमोजिम कारबाही गर्ने महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाले आज एक सुचना जारी गर्दै खुला क्षेत्रमा प्लास्टिकजन्य फोहोर मैला तथा अन्य फोहोर जलाउने जस्ता कार्यले वायु प्रदूषण वृद्धि हुने तथा जनस्वास्थ्यमा समेत प्रतिकुल असर पर्नेभएकोले यस्ता कार्य गर्न प्रतिबन्ध लगाइएको जानकारी गराएको छ ।