काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्सुरेन्सले खुलाएको आइपिओमा मागभन्दा बढी आवेदन परेको छ ।
वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा १८ करोड ५५ लाख ९८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
सीडीएसका अनुसार आज बिहानसम्म ३३ हजार ८०२ जनाले १८ लाख ५५ हजार ९८० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ८.२४ गुणा बढी आवेदन हो ।
कम्पनीले मंसिर १९ गतेदेखि २ लाख २५ हजार कित्ता आइपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री खुला गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीले यसमा पुस ३ गतेसम्म आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ ।
यो आइपीओमा कुमारी क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।