काठमाडौं । आज (साेमबार) पनि शेयर बजार घटेको छ । आज शेयर बजार नेप्से परिसूचक २१.३२ अंकले घटेर २०७५.९७ को विन्दुमा कायम भएको छ ।

आज ४१ कम्पनीको शेयर मुल्य बढेको छ भने १७४ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २७६ कम्पनीको ९४ लाख १८ हजार ९५१ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । आज कम्पनीको २३ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

शेयर बजारमा गिरावट आएपनि आज सिवाईसी नेपाल लघुवित्त, बिपिडब्लु लघुवित्त र सिटी होटलको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, चन्द्रगिरी हिल्स, एनएलजि इन्स्योरेन्स, ग्रामिण विकास लघुवित्त लगायत अन्य कम्पनीको शेयरमूल्य बढेको छ ।

आज सबैभन्दा धेरै लक्ष्मी इक्विटी फण्डका इकाईधनीले गुमाएका छन् । यस फण्डका इकाईधनीले ८ दशमलव ९५ प्रतिशतका दरले गुमाएका हुन् । सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका छन् ।