काठमाडौं । हप्ताको दोस्रो कारोबार दिन आज सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.८४ अकंले घटेर २६७६.१५ बिन्दुमा कायम भएको छ ।

आज ३१७ कम्पनीको १ करोड १५ लाख २३ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६२ करोडको शेयर कारोबार भएको छ ।

आज आठ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.४६ प्रतिशत, विकास बैंक समूहको ०.६८ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.८३ प्रतिशत, जीवन बीमा समूहको १.६७ प्रतिशतले शेयर मूल्य घटेको छ ।

आज ९२ कम्पनीको शेयर मूल्य बढेको छ भने १३८ कम्पनीको घटेको छ ।