काठमाडौं । नेपाली बजारमा आज एकैदिन सुनको मूल्य तोलामा दुई हजार १०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको छ । हिजो सुन तोलामा एक लाख ५० हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको भाउ तोलामा ६० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८६५ रुपैयाँ रहेको चाँदी यस दिन १९२५ रुपैयाँ पुगेको हो ।