काठमाडौं । नेपाल राष्ट्र बैकले लघुवित्त वित्तिय संस्था सम्बन्धी नयाँ सूचना जारी गरेको छ । राष्ट्र बैकले लघुवित्त वित्तीय सेवासम्बन्धी गुनासाे दर्ता गर्ने व्यवस्थाबारे सूचना जारी गरेको हाे ।

लघुवित्तमार्फत बचत तथा कर्जा कारोबार गरिहरेका सरोकारवाला सदस्यहरुको लघुवित्त सेवा सम्बन्धी गुनासो सम्बोधनका लागि सुपरिवेक्षण विभाग गुनासो सुनुवाइ डेस्कको स्थापना गरेको छ । ।

लघुवित्त वित्तीय संस्थाहरुसँग बचत तथा कर्जा कारोबार गरिरहेका सरोकारवाला सदस्यहरुको लघुवित्त वित्तीय सेवासम्बन्धी गुनासोका लागि उक्त डेस्कको स्थापना गरिएको राष्ट्र बैंकले जनाएको छ ।

गुनासो सुनुवाइका लागि निशुल्क टोल फ्रि मार्फत फोन गर्न सकिनेछ । साथै बैंकको अनलाइन गुनासो पोर्टल वा इमेल मार्फत पनि आफ्नो गुनासो टिपाउन सकिने व्यवस्था रहेको छ ।