काठमाडौं । सिद्धार्थ बैंकले डिम्याट खाता नवीकरण गर्न आग्रह गरेको छ । बैंकले आफ्ना सम्पूर्ण हितग्राहीहरुलाई असार मसान्तभित्रमा डिम्याट खाता नवीकरण गर्न आग्रह गरेको हाे ।

डिम्याट खाता सञ्चालन गरेबापत प्रत्येक वर्षमा एक सय रुपैयाँ शुल्क तिर्नु पर्ने व्यवस्था छ ।

सिद्धार्थ बैंकमा आफ्ना सम्पूर्ण हितग्राहीहरुलाई आर्थिक वर्ष ०७९/०८० सम्मको डिम्याट खाता सञ्चालन गरेबापत असार मसान्तभित्र खाता नवीकरण गर्न आग्रह गरेको छ ।

समयभित्रमा डिम्याट खाता नवीकरण नगरे खाता बन्द गरिने बैंकले जनाएको छ ।