काठमाडाैं । नबिल बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले ‘नबिल डिबेन्चर–२०८७’ नामक ऋणपत्र जारी गर्ने भएको छ ।
नबिल बैंकले ऋणपत्र निष्कासनका लागि अनुमति माग्दै आइतबार नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
सेबोनले अनुमति दिएमा नबिल बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ ऋणपत्र जारी गर्नेछ। जसमा १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिनेछ ।
त्यस्तै बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि जारी गरिनेछ। नबिल बैंकको यो ऋणपत्र ७ वर्षे अवधिको हो।
यसमा लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याज पाउनेछन् ।