काठमाडौँ। सुनको घट्दो मूल्यले आज पनि निरन्तरता पाएको छ । नेपाली बजारमा आज  सुनको मूल्य ५ सय रुपैयाँले गिरावट आएको छ ।

अघिल्लो दिन १७ सय रुपैयाँले घटेको सुनको मूल्य  घटेर प्रतितोला १ लाख ४८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार रुपैयाँ कायम थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य ७५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ७६० रुपैयाँमा कारोबार भइरहेको छ ।