काठमाडौं । आज मंगलबार सुनको मूल्य बढेको छ । सुन आज तोलामा ४ सय रुपैयाँले बढेकाे हाे ।

छापावाल सुन आज तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजावी सुनको भाउ पनि बढेर प्रतितोला १ लाख ९ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो सोमबार छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँमा र तेजावी सुन प्रति तोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएकाे थियाे ।

आज चाँदीको भाउ पनि बढेकाे छ । चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।