काठमाडौँ । सर्वसाधारणका लागि माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक समूहको ५५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।
संस्थापक शेयर धनीको स्वामित्वमा रहेको उक्त सेयर आजदेखि बिक्रीमा राखेको बैंकले जनाएको छ । सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनी र अन्य व्यक्ति तथा संघ संस्थाहरूले आवेदन दिन सक्नेछन्।
सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ७ दिनभित्र आवेदन दिई सक्नुपर्नेछ । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सुन्धारामा रहेको सेयर विभागमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र मूल्य खुलाई आवेदन दिनु पर्ने बैंकले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।