काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
बैंकले संस्थापक शेयर तर्फ संस्थापक शेयरधनी रोमु श्रेष्ठको नाममा रहेको ४९ हजार ९२८.८९ कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर सर्वसाधारण व्यक्ति वा संघसंस्थाले खरिद गर्न पाउनेछन्।
बैंकले यसअघि नै उक्त शेयर संस्थापक शेयर धनीका लागि मात्रै खरिद आह्वान गरेको थियो । बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०२ रुपैयाँ तोकिएको छ। शेयर खरिद गर्न इच्छुक सर्वसाधारणले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा निवेदन दिनु पर्ने बैंकले जनाएको छ ।