काठमाडौं । नेप्सेमा रिलायन्स फाइनान्सको शेयरमूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ फाइनान्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेले फाइनान्सको ६.५० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात फाइनान्सको शेयरमूल्य ३५४ रुपैयाँ ५५ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा फाइनान्सको शेयरमूल्य समायोजन गरेको हो ।