काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएकाे छ । बैंकले ४० हजार दुई सय संस्थापक शेयर बिक्रीमा राखेको छ ।
बैंकले दुुई संस्थापक शेयरधनी शिव लाल भण्डारीले आफ्नो नाममा रहेको संस्थापक शेयरमध्ये १२ हजार दुइ सय र अर्का शेयरधनी गोबर्धन ढकालले २८ हजार कित्ता शेयर बिक्री गर्न लागेका हुन् ।
संस्थापक शेयर खरिद गर्न सोही बैंकका संस्थापक शेयरधनीहरुलाई प्राथमिकता दिईएको बैंकले जनाएको छ । सो शेयर खरिद गर्न ईच्छुक शेयरधनीले ३५ दिनभित्र के कति कित्ता शेयर खरिद गर्ने हो सोको विवरण सहित आवश्यक कागजात संलग्न गरी बैंकको केन्द्रिय कार्यालय बालुवाटार, काठमाडौंमा निवेदन गर्न बैंकले जनाएकाे छ ।